सत्य निकेतन घटनापछि दिल्लीमा पाँचौँ तल्लाका भवन तत्काल सिल गर्न निर्देशन
मुख्यमंत्री रेखा गुप्ता  सोमवार सुबह सत्य निकेतन घटनास्थल का दौरा कर सुरक्षा व्यवस्था एवं चल रही कार्रवाई की समीक्षा करते हुए


नयाँ दिल्ली, 0७ सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री रेखा गुप्ताले सोमबार बिहान सत्य निकेतन घटनास्थलको निरीक्षण गरी सुरक्षा व्यवस्था तथा भइरहेको उद्धार एवं अन्य कारबाहीको समीक्षा गरिन्। उनले भवन मालिकविरुद्ध प्राथमिकी दर्ता भइसकेको बताउँदै दिल्लीमा पाँचौँ तल्ला भएका भवनहरूलाई तत्काल सिल गर्न निर्देशन दिएकी छन्।

मुख्यमन्त्रीले घटनाका लागि जिम्मेवार ठहरिएका एमसीडीका अधिकारीहरूमाथि कडा कारबाही गरिने बताइन्। उनले छेउछाउका पीजी तथा अन्य भवनहरूको पनि सघन जाँच गर्न र नियम उल्लंघन भएको पाइएमा ती भवनलाई सिल गर्न निर्देशन दिएकी छन्।

मुख्यमन्त्री गुप्ताले दिल्लीवासीको सुरक्षामा कुनै पनि सम्झौता नगरिने स्पष्ट पार्दै लापरवाही गर्ने कसैलाई पनि नछाडिने बताइन्। यस घटनामा मृत्यु हुनेको संख्या बढेर छ पुगेको छ। घटनास्थलमा उद्धार तथा राहत कार्य जारी रहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande