देशमा कोरोना मामिलामा केही वृद्धि, 18 हजार नयॉं मामिला
देशमा कोरोना मामिलामा केही वृद्धि, 18 हजार नयॉं मामिला


नयॉं दिल्ली, 14 अक्टोबर (हि.स.)। देशमा कोरोनाको नयॉं मामिलामा केही वृद्धि दर्ता गरिएको छ। विहिवार बिहानसम्म गत 24 घण्टामा कूल 18 हजार, 987 नयॉं मामिला अघि आएको छ।

केरलमा गत 24 घण्टामा 11 हजार, 79 नयॉं मामिला रिपोर्ट गरिएको छ। राज्यमा यस अवधि 123 बिरामीको मृत्यु भयो। देशभरि कोरोनाले 246 जनाको मृत्यु भएको छ भने स्वस्थ हुने मानिसहरूको संख्या 19 हजार, 808 रहेको छ।

केन्द्रिय स्वास्थ्य मन्त्रालय अनुसार गत 24 घण्टामा संक्रमण दर 1.46 प्रतिशत रहेको छ। देशमा अहिलेसम्म कूल तीन करोड़, 40 लाखभन्दा धेरै मामिला अघि आएको छ। देशमा अहिलेसम्म यो बिमारीले चार लाख, 51 हजार, 435 जनाको मृत्यु भएको छ। सक्रिय बिरामीको संख्या दुई लाख, 06 हजार, 586 रहेको छ। यो संख्या गत 215 दिनमा सबैभन्दा कम्ति हो।

देशमा अहिलेसम्म कोरोनाबाट निको हुने मानिसहरूको संख्या तीन करोड़, 33 लाख, 62 हजार, 709 रहेको छ। देशको रिकभरी रेट 98.07 प्रतिशत रहेको छ। देशमा गत 24 घण्टामा 13 लाखभन्दा धेरै टेस्ट गरिएको छ। आईसीएमआर अनुसार देशमा अहिलेसम्म 58 करोड़, 76 लाख टेस्ट गरिएको छ। देशमा अहिलेसम्म 96.82 करोड़ कोरोना रोधी भ्याक्सिन लगाइएको छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande