चर्चित यूट्यूबर मनीष कश्यप भाजपामा सामेल
चर्चित यूट्यूबर मनीष कश्यप भाजपामा सामेल


नयाँ दिल्ली, 25 अप्रेल (हि.स.)। बिहारका चर्चित यूट्यूबर मनीष कश्यप बिहिवार भाजपामा सामेल भए।

बिहिवार भाजपा मुख्यालयमा राष्ट्रिय मीडिया प्रमुख अनिल बलूनी, पार्टी सांसद मनोज तिवारी, पार्टीका राष्ट्रिय मीडिया सह प्रमुख संजय मयूख र आफ्नी आमाको उपस्थितिमा मनीष कश्यपले पार्टीको सदस्यता ग्रहण गरे। उनले बिहारमा पूल ढलेको यूट्यूब फुटेज बनाएका थिए, जुन निक्कै भाइरल भएको थियो। त्यसपछि मुख्यमन्त्री नीतीश कुमारले कारबाही गरेका थिए।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande