चुनाउ आयोगले भाजपा र कांग्रेसलाई प्रधानमन्त्री मोदी र राहुलको बयानमा जारी गऱ्यो नोटिस
चुनाउ आयोगले भाजपा र कांग्रेसलाई प्रधानमन्त्री मोदी र राहुलको बयानमा जारी गऱ्यो नोटिस


नयाँ दिल्ली, 25 अप्रेल (हि.स.)। चुनाउ आयोगले प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता राहुल गान्धीको आचार संहिता उल्लङ्घनको शिकायतहरूमा कारबाही गर्दै क्रमशः भारतीय जनता पार्टी (भाजपा) र कांग्रेसलाई नोटिस जारी गरेको छ। आयोगको भनाई छ, स्टार क्याम्पेनरको रूपमा नेताहरूको आफ्नो दायित्व त छ नै साथै पार्टीको पनि दायित्व हुन्छ।

चुनाउ आयोगले दुवै पार्टीका अध्यक्ष भाजपाका जेपी नड्डा र कांग्रेसका मल्लिकार्जुन खड़गेलाई नोटिस जारी गरी 29 अप्रेलसम्म उनीहरूका स्टार क्याम्पेनरको बयानहरूमा स्पष्टीकरण मागेको छ। साथै शिकायतहरूको प्रतिलिपि पनि पठाएको छ। आयोगले दुवै पार्टीका अध्यक्षहरूलाई आफ्ना स्टार क्याम्पेनरहरूलाई आचार संहिता सम्बन्धित ध्यान गराउने निर्देश दिएको छ।

उल्लेख्य, प्रधानमन्त्रीले 21 अप्रेलमा बांसवाड़ामा एक बयान दिएका थिए। यसमा उनले भनेका थिए, मानिसहरूको कमाईको पैसा घुसपैठीहरूलाई दिइनेछ। अर्कोतिर, कांग्रेस नेता राहुल गान्धीले केरलाको कोट्टायममा भाजपाले एक देश, एक भाषा र एक धर्मको कुरा गरिरहेको छ भनेका थिए।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande