अल्टिमेट फिटनेस जिमले 'छैटौं मिस एण्ड मिस्टर सिक्किम अल्टिमेट 2021' आयोजन गर्ने
अल्टिमेट फिटनेस जिम


गान्तोक, 22 अक्टोबर (हि.स.)। अल्टिमेट फिटनेस जिमले आगामी 20 नोभेम्बरमा ‘छैटौं मिस एण्ड मिस्टर सिक्किम अल्टिमेट 2021’ आयोजन गर्ने घोषणा गरेको छ। यो प्रतियोगिता राजधानीको तादोङस्थित नर बहादुर भण्डारी डिग्री कलेजको प्रेक्षागृहमा आयोजन गरिने छ। उक्त आयोजकको तर्फबाट रूपेन्द्र मुखिया, नर्बु छिरिङ भोटिया र फुन्सोक छितेन डुक्पाले आज आयोजित एक संवाददाता सम्मेलनमा दिए।

अल्टिमेट फिटनेस जिमले यो प्रतियोगिता 2014 देखि आयोजन गर्दै आइरहेको छ। यो पाली उक्त प्रतियोगिता भव्यरूपमा आयोजन गर्ने तयारी गरिएको छ। प्रतियोगिता अन्तर्गत यो पाली खुल्ला बडी बिल्डिङ च्याम्पियनशीप राखिएको छ। यस प्रतियोगितामा सिक्किम, छिमेकी राज्यका साथै नेपाल र भोटानबाट पनि प्रतियोगिताहरूले भाग लिइरहेका छन्। यस प्रतियोगितामा भाग लिन इच्छुक प्रतियोगिताहरू आगामी 17 नोभेम्बरसम्म पञ्जीकरण गर्नु पर्नेछ। आयोजकले यसपाली राज्य बाहिरबाट आउने प्रतियोगीहरूको निम्ति आवास र यातायातको चॉंजो पनि मिलाएको छ।

यो प्रतियोगिता कूल चार वर्गमा सम्पन्न गरिने छ, जसमा अल्टिमेट बडीबिल्डिङ सिक्किम, ओपन बडीबिल्डिङ, ओपन मेन्स फिजिक र ओपन वुमन्स फिजिक सामेल छन्। विजयी प्रतियोगीहरूलाई नगद राशिका साथै ट्रफी र प्रमाण पत्र प्रदान गरिने छ। यस अतिरिक्त टप 5 प्रतियोगीहरूलाई पनि पुरस्कृत गरिने छ। यस प्रतियोगितामा पुरस्कार स्वरूप ओभरअल नगद राशि पॉंच लाख रूपियॉं रहेको छ।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande