पानीघट्टा र सिलगढीमाझ फ्रेण्डली क्रिकेट म्याच सम्पन्न
पानीघट्टा र सिलगढीमाझ फ्रेण्डली क्रिकेट म्याच सम्पन्न


पानीघट्टा, 26 मार्च (हि.स.)। मिरिक महकुमा अन्तर्गत पानीघट्टामा सेवाकाई गरिरहेका इसाई पास्टरहरूमाझ फ्रेण्डली क्रिकेट म्याच सम्पन्न भयो। उक्त फ्रेण्डली क्रिकेट म्याच सिलगढीका पास्टर समूह र पानीघट्टामाझ सम्पन्न भएको छ।

दुईवटा फ्रेण्डली क्रिकेट म्याच शुरू गर्नअघि पानीघट्टाको पास्टर बिजय सुब्बाले प्रार्थना गरेका थिए। पहिलो खेलमा पास्टर सागर खवास र राज विश्वको नेतृत्वमा रहेको सिलगढीले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित पन्ध्र ओभरमा सबै 8 विकेट गुमाएर 95 रन बनाएका थिए।

सिलगढीको पक्षमा राज विश्वले सर्वाधिक रन बनाए भने पानीघट्टाको पक्षमा पास्टर थोमस लेप्चाले 5 विकेट लिए। 96 रनको लक्ष्यलाई खेदो गर्दै पानीघट्टाले सबै विकेट गुमाएर केवल 89 रन बनाए।

पानीघट्टाको पक्षमा निशान सेञ्चुरीले सर्वाधिक 34 रन बनाए भने सिलगढीको पक्षमा राज विश्व र पास्टर सागर खवासले 4-4 विकेट लिए। 4 विकेट लिएर सर्वाधिक रन बनाउने राज विश्व म्यान अफ् द म्याच चयनित भए।

अर्को खेलमा पनि सिलगढीले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित 10 ओभरमा 7 विकेटमा 98 रन बनाएको थियो। 99 रनको लक्ष्यलाई खेदो गर्दै पानीघट्टाले 8 विकेट गुमाएर केवल 79 रन मात्र बनाउन सक्यो। दुवै म्याच सिलगढीले जित्न सफल बन्यो।

पानीघट्टाका पास्टर बिजय सुब्बाले पत्रकारहरूसित कुराकानी गर्दै सेवकाई गरिरहेका इसाई पोस्टरहरूमाझ दुईवटा फ्रेण्डली क्रिकेट म्याच आयोजना गरिएको बताए। उनले लगातार सेवाकाईमा संलग्न सेवकहरूका लागि रिफ्रेसमेन्टको रूपमा फेण्ड्रली क्रिकेट म्याच आयोजना गरिएको र अब यस्ता फ्रेण्डली क्रिकेट म्याच महिनामा एकपल्ट आयोजना गरिने जानकारी गराएका छन्।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande