फीडे क्यान्डिडेट्स 2024 जितेपछि स्वदेश फर्किए डी गुकेश
फीडे क्यान्डिडेट्स 2024 जितेपछि स्वदेश फर्किए डी गुकेश


चेन्नई, 25 अप्रेल (हि.स.)। भारतीय चेस खेलाड़ी डी गुकेश टोरेन्टोमा आयोजित क्यान्डिडेट्स चेस टुर्नामेन्ट 2024 जितेपछि बिहिवार स्वदेश फर्किए। आज बिहान चेन्नई अन्तरराष्ट्रिय हवाई अड्डामा उनको भव्य स्वागत गरियो।

चेन्नई हवाई अड्डामा 17 वर्षीय चेस खेलाड़ीका प्रशंसकहरूले फूलमालाले स्वागत गरे। भारतका चेस नायकको स्वागतको निम्ति मानिसहरूको ठूलो भीड एकत्रित भएको थियो। चेन्नई पुगेपछि आयोजित एक प्रेस कन्फ्रेन्समा गुकेशले फीडे क्यान्डिडेट्स जित्नु उनको निम्ति विशेष थियो भनी बताए। उनले अब विश्व च्याम्पियनशिपको प्रतीक्षा रहेको बताए।

गुकेशले भने, म धेरै खुशी छु, यो मेरो निम्ति विशेष हो। तमिलनाडु सरकार, मेरा परिवार, साथीहरू, गुरु र प्रायोजकहरूलाई विशेष धन्यवाद। म विश्व च्याम्पियनशिपको प्रतीक्षा गरिरहेको छु।

उल्लेख्य, विश्वनाथन आनन्दपछि गुकेश क्यान्डिडेट्स टुर्नामेन्ट जित्ने दोस्रो भारतीय खेलाड़ी बनेका छन्। पॉंचपल्टका विश्व च्याम्पियन आनन्दले 2014 मा उक्त टुर्नामेन्ट जितेका थिए।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande