थमस कप 2024: चीनले क्वार्टरफाइनलमा भारतलाई 3-1 ले हरायो
थमस कप 2024: चीनले क्वार्टरफाइनलमा भारतलाई 3-1 ले हरायो


चेङदू, 03 मई (हि.स.)। चीनको पुरुष ब्याडमिन्टन टीमले बिहिवार गत च्याम्पियन भारतलाई 3-1 ले हराएर थमस कपको सेमिफाइनलमा प्रवेश गरेको छ। वर्ष 2016 पछि पहिलोपल्ट चीन आफ्नो घरेलू धरतीमा यो टूर्नामेन्ट खेलिरहेको छ। थमस कपको पछिल्लो संस्करणमा चीन अन्तिम आठमा पुगेको थियो भने महिलाहरूको उबेर कप फाइनलमा हारको सामना गर्नु परेको थियो।

क्वार्टरफाइनल स्पर्धामा विश्वको दोस्रो नम्बरको खेलाडी शि युकीले एचएस प्रणयलाई 15-21, 21-11, 21-14 ले हराए अनि गत च्याम्पियन भारत विरुद्ध अन्तिम आठमा चीनको निम्ति पहिलो जित दर्ता गरे।

यसपछि, पुरुष युगलमा चीनको विश्व नम्बर एक जोडी लियाङ वेई केङ र वाङ चाङले वर्तमानमा विश्वमा तेस्रो नम्बर स्थानमा रहेका सात्विकसाईराज रंकीरेड्डी र चिराग शेट्टीको जोडीलाई 21-15, 11-21, 21-12 ले हराएर 2-0 को बढत हासिल गऱ्यो।

यसपछि, एकल वर्गमा लक्ष्य सेनले चीनी खेलाडी ली शि फेङलाई 13-21, 21-8, 21-14 ले हराएर भारतको खाता खोले भने स्पर्धामा टीमलाई बनाइराखे। पुरुष युगलको दोस्रो स्पर्धामा ध्रुव कपिला र साई प्रतीकको जोडीको सामना विश्वको 11औं नम्बरको जोडी हे जी तिङ र रेन जियाङ यूसॅंग भयो। चीनी जोडीले भारतीय जोडीलाई सहजै 21-10, 21-10 ले हराएर सेमिफाइनलमा प्रवेश गऱ्यो।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande