सिक्किमका क्रिकेटर अंकुर मलिक उच्च श्रेणीको टूर्नामेन्टको निम्ति चयनित
सिक्किमका क्रिकेटर अंकुर मलिक उच्च श्रेणीको टूर्नामेन्टको निम्ति चयनित


गान्तोक, 23 अक्टोबर (हि.स.)। सिक्किमका एक क्रिकेट खेलाड़ी अंकुर मलिकलाई अण्डर 19 पुरूष एकदिवसीय ट्रफीको निम्ति चयनित गरिएको छ। उक्त क्रिकेट टूर्नामेन्ट 25 अक्टोबरदेखि 10 नोभेम्बरसम्म गुजरातको अहमदाबादमा आयोजन भइरहेको छ। सिक्किम क्रिकेट एसोसिएशन (एसआईसीए) ले दिएको जानकारी अनुसार दोस्रोपल्ट सिक्किमका खेलाड़ीलाई यसरी घरेलू टूर्नामेन्टको उच्च श्रेणीको निम्ति चयनित गरिएको छ। यस अघि वर्ष 2000 मा आमोस राईलाई जोरल क्रिकेटको निम्ति चयनित गरिएको थियो।

17 वर्षीय अंकुरले हालैमा सम्पन्न भएको विनू माकण्ड ट्रफीमा उत्कृष्ट प्रदर्शन गरेका थिए। पॉंच लिग म्याचमा सिक्किमले चार म्याच खेल्यो भने एउटा म्याच वर्षाका कारण वाधित बन्यो। चार म्याचमा अंकुरले 205 रन बनाउनुका साथै 16 विकेट पनि लिए। उनले सर्व भारतीय स्तरमा बलिङमा तेस्रो अनि ब्याटिङमा 21औं स्थानमा रहेका थिए।

सिक्किमले वर्तमानमा एसआईसीएको देखरेख र कोचिङ निदेशक डा. अतुल गायकवाड़को मार्गदर्शनमा असल प्रदर्शन गर्दै आइरहेको छ।

एसआईसीए अध्यक्ष लोब्जाङ जी. तेन्जिङले कोच, प्रशिक्षक, फिजियोको निरन्तर अनि स्थिर मार्गदर्शनको परिणाम देखिन थालेको बताएका छन्। उनले सिजनको राम्रो शुरूवात भएकोमा एसआईसीए परिवार सन्तुष्ट रहेको बताएका छन्।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande