युकेएफसी खरसाङको नयाँ कमिटी गठन
युकेएफसी खरसाङको नयाँ कमिटी गठन


 
खरसाङ, 07 दिसम्बर (हि.स.)। युनाईटेड खरसाङ फुटबल क्लब (युकेएफसी) को नयाँ कमिटी गठन गरिएको छ। युकेएफसीको एक सभा क्लब भवनमा सम्पन्न भयो। उक्त सभामा नै युकेएफसीको पुरानो कमिटी विघटन गरी नयाँ कमिटी गठन गरिएको छ। उक्त नयाँ कमिटीमा चेयरम्यान सुरज प्रधान, सभापति उर्गेन लामा, उप सभापति सन्तोष लामा, लवाङ दोर्जे लामा र दिवाकर राना, सचिव विशाल शर्मा, सह सचिव राजा राई, प्रतिक गुरुङ, उज्वल लामा, कोषाध्यक्ष रितेस प्रधान, पीआरओ चिराग तिवारी, किरण छेत्री, हनोक थापा, कोचिङ स्टाफमा क्रिस्पिन छेत्री, जितेन राई, बिनोद तामाङ, मेघराज थापा र नोबल गुरुङ, सल्लाहकारमा कल्याण लामा, छिरिङ खाईबा, अर्जुन शर्मा र दावा दोर्जे लामा आदि चयन भएका छन्।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande