कोरोना: 6 नयॉं मामिला थपियो, 4 जना भए निको
कोरोना: 6 नयॉं मामिला थपियो, 4 जना भए निको


गान्तोक, 09 दिसम्बर (हि.स.)। सिक्किममा कोरोना संक्रमणको मामिला नियन्त्रित रहेको छ। गत 24 घण्टामा कोरोनाको केवल 6 नयॉं मामिला अघि आयो। यस अवधि चारजना निको भएर सामान्य जीवनमा फर्किएका छन्। यो बिमारीले आज पनि कसैको मृत्यु भएन, जुन राहतको विषय हो।

राज्य स्वास्थ्य विभाग अनुसार हिजो 417 जनाको नमूना जॉंच गरिएको थियो, जसमा 6 जनामा संक्रमण पुष्टि भयो। संक्रमितहरू सबै पूर्व जिल्लाबाट रहेका छन्। आज पश्चिम, दक्षिण र उत्तर जिल्लाबाट एउटै पनि नयॉं मामिला अघि आएन। राज्यमा कोरोना सक्रिय मामिलाको संख्या 202 रहेको छ।

गत 24 घण्टामा राज्यको संक्रमण दर 1.4 प्रतिशत रहेको छ भने रिकभरी रेट 98.1 प्रतिशत रहेको छ। राज्यमा अहिलेसम्म कोरोनाबाट संक्रमित बन्नेहरूको कूल संख्या 32 हजार 396 पुगेको छ भने 31 हजार 448 जना निको भइसकेका छन्।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande