रेशीथाङमा शुरू भयो 15औं स्टेट एथलेटिक्स मीट, 350 भन्दा अधिकले जनाए सहभागिता
रेशीथाङमा शुरू भयो 15औं स्टेट एथलेटिक्स मीट, 350 भन्दा अधिकले जनाए सहभागिता


गान्तोक, 26 अप्रेल (हि.स.)। राङ्कास्थित रेशीथाङमा आजदेखि 15औं स्टेट एथलेटिक मीट शुरू भएको छ। आजको उद्घाटन कार्यक्रममा मुख्य अतिथिकोरूपमा राज्यका विशेष पुलिस महानिर्देशक अक्षय सचदेवा रहेका थिए भने खेलसँग सम्वन्धित सबै अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

आजदेखि शुरू भएको तीन दिवसीय यस खेल प्रतियोगितामा राज्यभरिबाट 350 भन्दा अधिक खेलाडीहरूले सहभागिता जनाएको सिक्किम एथलेटिक्स एसोसिएशनका महासचिव राजीब रोकाले जानकारी गराएका छन्। पत्रकारहरूसँग कुराकानी गर्दै रोकाले यस खेलको निरीक्षण गर्नको निम्ति संस्थाका सदस्यहरू पनि आएको र यहाँबाट उत्कृष्ट खेलाडीहरूले राष्ट्रियस्तरको खेलमा प्रतिस्पर्धा गर्न अवसर पाउने बताए। आजदेखि शुरू भएको यस प्रतियोगिताको समापन आगामी 28 अप्रेलको दिन हुने बताइएको छ।

हिन्दुस्थान समाचार


 rajesh pande