चुनाउ अवधि भएका हिंसालाई भाजपाले गम्भीरतापूर्वक लिएको छ, कारबाही अवश्य हुनेछ: भाजपा
चुनाउ अवधि भएका हिंसालाई भाजपाले गम्भीरतापूर्वक लिएको छ, कारबाही अवश्य हुनेछ: भाजपा


गान्तोक, 26 अप्रेल (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किमले हालैमा सम्पन्न भएको चुनाउ अवधि भएका हिंसात्मक घटनाहरूलाई गम्भीरतापूर्वक लिएको बताएको छ। चुनाउ समाप्त भएपछि पनि जॉंच जारी रहने र आरोपीहरू विरूद्ध उचित कारबाही गरिने बताइएको छ।

प्रदेश भाजपा प्रवक्ता पासाङ शेर्पाले आज आयोजित एक पत्रकार सम्मेलनमा उक्त कुरा भने। उनले हालैमा सम्पन्न भएको चुनाउ अवधि राजनीतिक हिंसाका घटनाहरू भएको, अराजक स्थिति उत्पन्न गरिएको, जनसाधारणलाई धम्की दिइएको बताए। राज्यभरिका विद्यार्थीहरूलाई राजधानीको मनन केन्द्रमा बोलाएर पैसा वितरण गरिएको र प्रदेश भाजपा अध्यक्ष डीआर थापाको घरमा समेल आक्रमण भएको उनले जानकारी गराए। उनले उक्त तमाम घटनाहरू विरूद्ध कानून एवं व्यवस्था एजेन्सी समक्ष शिकायत दर्ता गरिएको थप जानकारी गराए।

प्रवक्ता शेर्पाले उक्त हिंसाका घटनाहरूलाई भाजपाले गम्भीरतापूर्वक लिएको बताउॅंदै चुनाउ सकिएपछि पनि जॉंच जारी रहनेछ भने। उनले उक्त हिंसाका घटनाहरूमा संलग्न आरोपीहरू विरूद्ध उचित कारबाही गरिने बताए।

उनले सिक्किममा अहिले डर र भयको माहोल रहेको छ भने। चुनाउको मतगणनापछि हिंसा फैलिने सम्भावनाका कारण पनि मानिसहरू त्रस्त रहेको उनले बताए। उनले जनताको ज्यानमालको सुरक्षा, अधिकारहरूको सुरक्षा, सहुलियतहरूको सुरक्षा भाजपाले गर्नेछ भनी आश्वस्त गरे। उनले पार्टीका कार्यकर्ताहरूका साथै सर्व साधारण जनताको सुरक्षा पनि भाजपाले गर्नेछ भने।

अर्कोतिर, चुनाउ अवधि पार्टीकै कतिपय कार्यकर्ताहरू पार्टी विरोधी गतिविधिहरूमा संलग्न रहेको प्रमाणहरू हात लागेको उनले जानकारी गराए। पार्टी विरोधी गतिवधिमा निवर्तमान विधायक लगायत उच्च पदस्थ अधिकारीहरू पनि सामेल रहेको उनले अवगत गराए। उनले यस्ता पदाधिकारीहरू विरूद्ध पार्टीले उचित अनुशासनात्मक कारबाही गर्ने बताए।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande