खेलो इण्डिया युथ गेम्सले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको जस्तै अनुभूति गराउँछ: हकी खेलाड़ी शारदा तिवारी
खेलो इण्डिया युथ गेम्सले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको जस्तै अनुभूति गराउँछ: हकी खेलाड़ी शारदा तिवारी


ग्वालियर, 04 फ़रवरी (हि.स.)। भारतीय अण्डर-21 हकी टीमका सदस्य एवं उत्तर प्रदेशको लखनऊ निवासी शारदा नन्द तिवारीसित अन्तर्राष्ट्रिय स्तरमा खेलेको अनुभव अपार छ। जुनियर विश्व कप अनि जोहोर कप जस्ता प्रतिष्ठित वैश्विक आयोजनाहरूमा उनले खेलिसकेका छन्। पाँचौ पटक खेलो इण्डिया युथ गेम्स खेल्नका लागि ग्वालियर आइपुगेका शारदाले खेलो इण्डियालाई एउटा यस्तो मञ्च बताए जसले नयाँ खेलाड़ीहरूलाई ओलम्पिक, एशियन गेम्स अनि कमनवेल्थ गेम्स जस्तो अनुभूति गराउँछ।

गत वर्ष भुवनेश्वरमा आयोजित जुनियर विश्व कपमा देशलाई प्रतिनिधित्व गर्ने शारदाले पाँचौ पटक खेलो इण्डिया युथ गेम्समा भाग लिरहेका छन्। यस तृणमूल स्तरको आयोजनमा उनी क्वालिटी र एक्सपिरिएन्स लिएर आउँदछन्। शारदा जस्ता अन्य केही खेलाड़ीहरू पनि छन् जो पाँचौं पटक खेलो इण्डियाको लागि मप्र पुगेका छन्। यस्ता खेलाड़ीहरू आउनाले यस आयोजनको शोभा मात्र बढ़्दैन जबकि यिनीहरूको उपस्थितिबाट उदियमान खेलाड़ीहरूले धेरै कुराहरू सिक्न पाउँछन्।

डिफेन्डरको रूपमा भारतीय टीमलाई आफ्नो सेवा दिरहेका शारदाले भने, यो एउटा एकदमै राम्रो मञ्च हो जो ‘बिगनर्स’ छन् उनीहरूको लागि त झन् सर्वोत्कृष्ट छ, किनभने यसले उनीहरूलाई ‘इन्टरनेशनल इभेन्ट्स’ जस्तो महसुस गराउँछ। उनीहरूले यो कुरा बुझ्ने अवसर पाउँदछन् कि ओलम्पिक, एशियन गेम्स एवं कमनवेल्थ गेम्स जस्ता आयोजनहरू कसरी हुन्छन्। यस अतिरिक्त नयाँ खेलाड़ीहरूले देशमा कुन प्रकारका प्रतिभाहरू छन् र उनीहरूसित कसरी घुलमिल हुनु आदि कुराहरू पनि सिक्ने अवसर पाउँदछन्।

शारदाले भने कहा, सिनीयर खेलाड़ी भएको नातामा उनले यस कुरालाई विशेष ध्यान राख्ने गर्दछन् कि अन्य राज्यहरूबाट आएका नयाँ खेलाड़ीहरूलाई कुनै प्रकारको समस्या नहोस् साथै टिप्सको लागि आउने खेलाड़ीहरूलाई हरसम्भव सहयोग गर्दछन्। साई स्पोर्ट्स होस्टल, लखनऊको प्रोडक्ट शारदाले भने, अधिकांश राज्यका खेलाड़ीहरू एका-अर्कासित परिचित हुन्छन्। हामी आपस्तमा राम्रोसितले मिसिने गर्दछौं। यो पनि खेलो इण्डियाको एउटा विशेषता हो। यहाँ भिन्न-भिन्न राज्यहरूबाट आएका खेलाड़ीहरू एका-अर्कामा परिचय साटासाट गर्ने गर्दछन् र आ-आफ्ना अनुभवहरू साझा गर्ने गर्दछन्। मैदानमा हामी गम्भीर रहन्छौं, तर मैदानपछि हामी सबै साथी हुन्छौं। उत्तर प्रदेशमा हकीका केही उत्कृष्ट खेलाड़ीहरू छन्। उत्तर प्रदेशले राष्ट्रिय दललाई सदैव अन्तर्राष्ट्रिय खेलाड़ीहरू दिएको छ। खेलो इण्डियामा पनि सदैव उत्तर प्रदेशको प्रदर्शन उत्कृष्ट रहिआएको छ। वर्ष 2018- मा उत्तर प्रदेशको दलले केही स्थान पाउन सकेको थिएन। यो दल सेमिफाइनलमा हारेको थियो। दोस्रो पटक पुणेमा पनि यो दल सेमिफाइनलमा पुगेको थियो। त्यसपछि यो दलले गुवाहाटीमा स्वर्ण पदक हत्याएको थियो। पञ्चकुलामा पनि यो दलले फाइनलसम्मको यात्रा तय गरेको थियो, तर उनीहरूलाई रजत पदकमै सन्तोष गर्न परेको थियो।


 rajesh pande