तीनधारेमा भइरहेको क्रिकेट टुर्नामेन्टमा गोलाई पाखा र सिविटार क्वार्टर फाइनलमा प्रवेश
तीनधारेमा भइरहेको क्रिकेट टुर्नामेन्टमा गोलाई पाखा र सिविटार क्वार्टर फाइनलमा प्रवेश


तीनधारे, 04 फरवरी (हि.स.)। तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा भइरहेको क्रिकेट टुर्नामेन्टमा मित्र संघ गोलाई पाखा तीनधारे र सिविटार बिजय भएर क्वाटर फाइनलमा प्रवेश गरेको छ।

गत 2 फरवरीदेखि तीनधारेको मामु इलेभेनको आयोजनामा भइरहेको ईन्टर तीनधारे क्रिकेट टुर्नामेन्ट अन्तर्गत आज भएको पहिलो खेल मित्र संघ गोलाई पाखा र गैरी गाउँमाझ सम्पन्न भएको थियो। उक्त खेलमा गोलाई पाखाले पहिला ब्याटिङ गर्दै निर्धारित 15 ओभरमा 113 रन बनाएको थियो भने गैरी गाउँले केवल 102 रन बनाउन सके।

आज भएको दोस्रो खेलमा सिविटारले दुई नम्बर बस्तीलाई 5 विकेटले पराजित गरी क्वार्टर फाईनलमा प्रवेश गरेको छ। टस जितेर पहिला बलिङ गर्दै सिविटारले 8 ओभरमा 46 रन दिएर सबै प्रतिद्वन्दी खेलाडीहरूलाई मैदान बाहिर गरेको थियो। दुई नम्बर बस्तीले दिएको 47 रनको लक्ष्यलाई सिविटारले 10 ओभरमा हासिल गर्न सफल बन्यो।

आयोजक समितिको पक्षमा सञ्जय पोर्तेलले यस टुर्नामेन्टको फाइनल खेल आगामी 12 फरवरीको दिन सम्पन्न बताए। यसैगरी, आयोजक समितिका बिमल दर्जीले युवाहरूलाई क्रिकेटप्रति रूची बढाउन र खेलप्रति आकर्षित गराउन यो क्रिकेट टुर्नामेन्ट आयोजना गरिएको जानकारी गराएका छन्।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande