मार्शल आर्ट एण्ड फिटनेस एकाडेमीको बेल्ट सेरेमोनी सम्पन्न
मार्शल आर्ट एण्ड फिटनेस एकाडेमीको बेल्ट सेरेमोनी सम्पन्न


सोनादा, 05 फरवरी (हि.स.)। मार्शल आर्ट एण्ड फिटनेस एकाडेमी सोनादा ब्राञ्चको आयोजनामा बेल्ट सेरेमोनी सम्पन्न भएको छ। उक्त कार्यक्रममा सोनादा पुलिस आउट पोस्टका ओसी मित्र देवान मुख्य अतिथिको रूपमा उपस्थित थिए भने स्कट मिशन स्कूलका प्रधान अध्यापक मेगन थापा, रसिक छेत्री विशिष्ट अतिथि थिए।

यस कार्यक्रममा मार्शल आर्ट एण्ड फिटनेस एकाडेमीका संस्थापक एवं चेयरम्यान सेन्सी सन्दीप प्रधान पनि उपस्थित थिए। सोनादा ब्राञ्चका जम्मा 18 जनाले परीक्षा बसेका थिए र सबैले बेल्ट र प्रमाण पत्र प्राप्त गरेका छन्। सोनादामा सम्पन्न कार्यक्रम विषय चेयरम्यान सेन्सी सन्दीप प्रधानले एकाडेमीको सोनादा ब्राञ्चमा आज बेल्ट सेरेमोनी सम्पन्न भएको र 18 जनालाई बेल्ट र प्रमाण पत्र प्रदान गरिएको बताए।

परीक्षामा सबैले राम्रो परिणाम ल्याएको बताउॅंदै एक विद्यार्थीले राम्रो अंक ल्याएर डबल प्रमोशन पनि पाएको जानकारी गराए। उनले मार्शल आर्ट एण्ड फिटनेस एकाडेमीको अन्य ब्राञ्चहरू जस्तै सोनादा ब्राञ्चका नानीहरूलाई पनि राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा खेलाउन उद्देश्य रहने बताए।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande