भारतीय जूनियर आर्चरहरूले एशिया कप चरण एकमा पाँच स्वर्ण पदक जिते
भारतीय जूनियर आर्चरहरूले एशिया कप चरण एकमा पाँच स्वर्ण पदक जिते


नयाँ दिल्ली, 20 मार्च (हि.स.)। भारतका जूनियर आर्चरहरूले चीनी ताइपेको तायोयुआनमा एशिया कप चरण एक विश्व ऱ्याङ्किङ टूर्नामेन्टमा पाँच स्वर्ण सहित कूल 10 पदक आफ्नो नाम गरे। यस टूर्नामेन्टमा 13 देशका 156 आर्रचरहरूबीच भारतीय दलले चार रजत र एक कांस्य पदक पनि आफ्नो नाम गरे।

टूर्नामेन्टको अन्तिम दिन आइतवार प्रगति, एश्वर्या शर्मा र परनीत कौरको कम्पाउन्ड महिला टीमले कजाखस्तानलाई 227-215 ले पराजित गर्दै स्वर्ण पदक जिते। प्रगतिले व्यक्तिगत कम्पाउन्ड स्पर्धामा परनीत कौरलाई टाई ब्रेकरमा पराजित गर्दै स्वर्ण पदक हासिल गरिन्। पवन, पार्थ र रामपालको जूनियर पुरूष रिकर्व टीमले सउदी अरबलाई 5-2 ले पराजित गर्दै स्वर्ण पदक जित्यो। भारत बाहेक अस्ट्रेलिया, चीनी ताइपे, कजाखस्तान, बांग्लादेश, मलेशिया, फिलीपीन्स र सउदी अरब सहित अन्य देशहरूले टूर्नामेन्टमा हिस्सा लिए।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande