बितेका 24 घण्टामा देशमा कोरोनाका 699 नयाँ रोगी
बितेका 24 घण्टामा देशमा कोरोनाका 699 नयाँ रोगी


नयाँ दिल्ली, 21 मार्च (हि.स.)। देशमा कोरोना रोगीहरूको संख्या फेरि बढ़्न थालेको छ। बितेको 24 घण्टामा कोरानाका 699 नयाँ रोगीहरू देखा परेका छन्। यस अवधि 435 रोगीहरू स्वस्थ भएका छन्। मंगलवार जारी आँकड़ा अनुसार देशमा अहिलेसम्ममा कोरोनाका 4,41,59,617 रोगीहरू स्वस्थ भइसकेका छन्। रिकभरी रेट 98.79 प्रतिशत छ। सक्रिय रोगीहरूको संख्या बढ़ेर 6,559 पुगेको छ।

कोरोना भ्याक्सिनेशन प्रोग्राम अन्तर्गत देशमा अहिलेसम्ममा 220.65 करोड़ भ्याक्सिन लगाइसकिएको छ भने पछिल्लो 24 घण्टामा 7,463 मानिसहरूलाई कोरानाको भ्याक्सिन लगाइयो। यसरी नै देशमा अहिलेसम्ममा 92.04 करोड़ मानिसहरूको कोरोना जाँच भइसकेको छ भने पछिल्लो 24 घण्टामा 97,866 नमूनाहरूको जाँच गरियो।

हिन्दुस्थान समाचार/ उष्णता


 rajesh pande