सेविलाले रेकर्ड सातौंपल्ट जित्यो यूरोपा लीगको उपाधि
सेविलाले रेकर्ड सातौंपल्ट जित्यो यूरोपा लीगको उपाधि


बुडापेस्ट, 01 जून (हि.स.)। सेविलाले बुधवार एएस रोमालाई पेनल्टीशूट आउटमा 4-1 ले हराएर रेकर्ड सातौंपल्ट यूरोपा लीगको उपाधि जितेको छ।

म्याचमा रोमाले उत्कृष्ट शुरूवात गऱ्यो। 34औं मिनटमा पाउलो डायबालाले गोल गरेर रोमालाई 1-0 गोलको बढत दिलाए। यसपछि, म्याचको 55औं मिनटमा रोमाको डिफेन्डर गियानलुका मेनसिनीको आत्मघाती गोलका कारण सेविलाले 1-1 को बराबर गऱ्यो।

निर्धारित समयसम्म दुवै टीम 1-1 को बराबरीमा थियो, जसपछि पेनल्टी शूटआउटमा सेविलाले प्रतिद्वन्दी एएस रोमालाई 4-1 गोलले पराजित गर्दै उपाधि आफ्नो नाम गऱ्यो।

सेविलाको निम्ति यो सीजन निकै कठिन रह्यो। सीजन अवधि सेविलाको ला लीगामा राम्रो प्रदर्शन रहेन। यस अवधि उसले आफ्ना दुई प्रबन्धक समेत निकाल्यो। तर, च्याम्पियन्स लीगबाट बाहिरिएपछि क्लब पुनः आफ्नो फर्ममा फर्कियो।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande