खरसाङ सुपर लिगः आईटीआई र सन्त अल्फन्सेसमाझ ड्र, चैतेपानी एफसी विजयी
खरसाङ सुपर लिगः आईटीआई र सन्त अल्फन्सेसमाझ ड्र, चैतेपानी एफसी विजयी


खरसाङ, 03 जून (हि.स.)। गत 1 जूनदेखि खरसाङ फुटबल एसोसिएशनको तत्वावधानमा खरसाङको चानमारी खेल मैदानमा भइरहेको खरसाङ सुपर लिग फुटबल टुर्नामेन्टको तेस्रो दिन दुईवटा खेल सम्पन्न भएको छ।

पहिलो खेल आईटीआई टुंग अनि सन्त अल्फन्सेस स्कूल खरसाङमाझ सम्पन्न भयो जुन एक-एक गोलको बराबरीमा टुङ्गियो। यसरी नै दोस्रो खेलमा चैतेपानी एफसीले हिल्स फुटबल अकादमीलाई 2 गोलको विरुद्ध 3 गोल गरेर पराजित गऱ्यो।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande