नेपालका प्रधानमन्त्री र विदेश मन्त्री चीनको यात्रामा जाने
नेपालका प्रधानमन्त्री र विदेश मन्त्री चीनको यात्रामा जाने


काठमाण्डौं, 12 अक्टोबर (हि.स.)। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र विदेश मन्त्री डा. आरजू राणा चीन यात्राको तयारीमा जुटेका छन्। काठमाण्डौं स्थित चीनी दूतावासका अधिकारीहरूले प्रधानमन्त्री कार्यालय र विदेश मन्त्रालका अधिकारीहरूको साथ लगातार बैठकहरू गरिरहेका छऩ्। दौड़ाहको एजेन्डा तय गरिन्दैछ।

यस दौड़ाहमा नेपाल बेल्ट एण्ड रोड इनिसिएटिभको कार्यान्वयन समझौतामा हस्ताक्षर हुनसक्छ। नोभेम्बरको पहिलो हप्ता विदेश मन्त्री डा. राणा बेजिङ जानेछन्। काठमाण्डौं स्थित चीनी दूतावासका अधिकारी विदेश मन्त्रालयका अधिकारीहरूको साथ बैठक गरेर चीन दौड़ाहको एजेन्डाहरूलाई अन्तिम रूप दिनमा जुटेका छन्।

विदेश मन्त्रालयका प्रवक्ता अमृत राईले शनिवार विजयादशमीमा आय़ोजित शुभकामना कार्यक्रममा भऩेका छन्, विदेश मन्त्री डा. राणा नोभोम्बरको प्रथम हप्ता चीनी विदेश मन्त्री वाङ यी- को निमन्त्रणामा बेजिङ जानेछन्। औपचारिक मितिको घोषणा छिट्टै हुनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande