भारतीय विदेशमन्त्री जयशंकरले इस्लामाबादमा मंगोलियाको प्रधानमन्त्रीसित भेटे
भारतीय विदेशमन्त्री जयशंकरले इस्लामाबादमा मंगोलियाको प्रधानमन्त्रीसित भेटे


इस्लामाबाद, 16 अक्टोबर (हि.स.)। भारतका विदेशमन्त्री एस जयशंकरको यहाँ शंघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनदेखि छुट्टै मंगोलियाका प्रधानमन्त्री लुव्सन्नामस्रेन ओय़ुन-एर्डीनसित भेट भयो।

जयशंकरले एक्स ह्याण्डलमा यस भेटको सचित्र विवरण पोस्ट गरेका छन्। उनले लेखेका छन्, हामी दुवैले द्विपक्षीय साझेदारीलाई बलियो बनाउनमाथि चर्चा गऱ्यौं। मंगोलियाका प्रधानमन्त्रीसित भेटर खुशी लाग्यो।

विदेश मन्त्री जयशंकर एससीओ शिखर सम्मेलनमा भाग लिन मंगलवार पाकिस्तानको राजधानी इस्लामाबाद पुगे। त्यहाँ उनको शानदार स्वागत गरियो। राति प्रधानमन्त्री शहबाज शरीफसित एससीओ प्रतिनिधिहरूका लागि आयोजित रात्रिभोजमा जयशंकरको भेट भयो। दुवैले एक-अर्कासित हात मिलाए र अत्यन्तै संक्षिप्त कुराकानी भयो। भारतले अगावै स्पष्ट गरिसकेको छ कि जयशंकरको यात्रा पाकिस्तानको साथ द्विपक्षीय सम्बन्ध सुधार्ने उद्देश्यले गरिएको होइन।

भारतको विदेश मन्त्रालयले भनेको छ, एससीओका सदस्य देशहरूका प्रमुखहरूको 23औं बैठक 16 अक्टोबरमा हुनेछ। सालाना रूपमा हुने यस बैठकमा व्यापार र आर्थिक एजेन्डाहरूमाथि चर्चा हुन्छ। जयशंकरले यसमा भारतीय दलको प्रतिनिधित्व गर्नेछन्। भारत एससीओ अन्तर्गत गठिन विभिन्न व्यवस्थाहरूमा लगातार सक्रिय रहन्छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande