सीताारमणले म्याक्सिकोको ग्वाडलजारामा टेक लीडर्स राउण्ड टेबलको अध्यक्षता गरिन्
nirmala sitharaman


-वित्तर मन्त्रीले टीसीएस मुख्यालयमा उद्योगपति रतन टाटालाई श्रद्धाञ्जलि अर्पण गरिन्

म्याक्सिको सिटी/नयाँ दिल्ली, 18 अक्टोबर (हि.स.)। केन्द्रिय वित्त एवं कर्पोरेट मामिलाकी मन्त्री निर्मला सीतारमणले बिहवार ग्वाडलजारामा च्याम्बर अफ कमर्समा टेक लीडर्स राउण्ड टेबलको अध्यक्षता गरिन्। यस बैठक अवधि सीतारमणले 'भारत औ म्याक्सिकोबीच तकनिकी सहयोगलाई सशक्त बनाउने'-माथि चर्चा गरिन्।

वित्त मन्त्रालयद्वारा शुक्रवार ‘एक्‍स’ पोस्टकमा जारी बयानमा बताइेको छ, यस बैठकको उद्देश्य वैश्विक प्रौद्योगिकी नेताहरूलाई एक ठाउँमा ल्याउनु थियो जसमा यस क्षेत्रमा काम गर्ने प्रमुख बारती आईटी कम्पनीहरूका प्रतिनिधिहरू सामेल थिए। यस गोलमेज सम्मेलनको आयोजन म्याक्सिको एसोसिएशन अफ इन्फर्मेशन टेक्नोलजी इण्डस्ट्री तथा टाटा कन्सल्टिंग सर्भिसेजले मेाक्सिकोमा भारतीय दूतावास अनि आर्थिक मामिलाका विभागको सहयोगमा गरेको थियो।

वित्तक मन्त्रीले सभालाई सम्बोधन गर्दै समान स्थिति भएका अर्थव्यवस्थाहरूको लागि अवसर तथा जिम्मेवारीहरूको बारेमा बताइन् तथा भारत र म्याक्सिकोले कसरी एका-अर्काबाट लाभ उठाउनको लागि सहोग गर्नसक्छ भन्ने कुराहरू राखिन्। सीतारमणले भनिन्, म्याक्सिको निकटवर्ती क्षेत्रको माध्मबाट फल-फुलिरहेको छ जसको परिणामस्वरूप बहुराष्ट्रिय कम्पनीहरूबीच सहयोग भएको छ। साथै प्रतिभाहरूको आदान-प्रदानसँगसँगै जोखिम न्यूनीकरणको लागि संयुक्त परयास पनि सम्भव भएको छ।

सीतारमणले भनिन्, ठूलो अर्थव्यवस्थाको लागि चुनौतीहरू केवल विकास वरपर मात्र होइन जबकि अन्तरलाई मेटाउनु अनि सबैको लागि अवसर पैदा गर्नु पनि हो। यसको लागि जिम्मेवार पूँजीवादको खाँचो पर्छ। यसपूर्व उनले म्याक्सिको ग्वाडलजारास्थित टाटा कन्सल्टेन्सी सर्भिसेज (टीसीएस) मुख्यालयमा प्रतिष्ठित उद्योगपति रतन टाटालाई श्रद्धाञ्जलि अर्पण गरिन्। यसको साथै वित्तमन्त्रीले टीसीएस ल्याटमका वरिष्ठ कर्मचारीहरूलाई पनि सम्बोधन गरिन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande