उपराज्यपाल मनोज सिन्हाले उमर अब्दुल्ला क्याबिनेटका मन्त्रीहरूलाई विभाग बाँड़े
जम्मू


जम्मू, 18 अक्टोबर (हि.स.)। जम्मू-कश्मीरका उपराज्यपाल मनोज सिन्हाले शुक्रवार मुख्यमन्त्री उमर अब्दुल्ला नेतृत्व क्याबिनेटमा सामेल नयाँ मन्त्रीहरूलाई विभागहरूको आवंटन गरेका छन्। उपराज्यपालले मुख्यमन्त्रीको सुझाउमा विभागहरूको आवंटनको आदेश जारी गरेका छन्। उप मुख्यमन्त्री सुरिन्दर कुमार चौधरीलाई महत्वपूर्ण विभागहरूको जिम्मेवारी सुम्पिएको छ।

उप मुख्यमन्त्री सुरिन्दर कुमार चौधरीसित सार्वजनिक निर्माण (आरएण्डबी), उद्योग एवं वाणिज्य, खनन, श्रम एवं रोजगारर कौशल विकास विभागको जिम्मा दिइएको छ। स्वास्थ्य एवं चिकित्सा शिक्षा, स्कूल शिक्षा, उच्च शिक्षा र सामाजिक कल्याण विभागको जिम्मा सकीना मसूद (इटो) लाई दिइएको छ। जावेद अहमद राणाले जल शक्ति, वन, पारिस्थितिकी एवं पर्यावरण र जनजातिय मामिलाहरूको विभाग सम्हाल्नेछऩ्। जाविद अहमद डारले कृषि उत्पादन, ग्रामीण विकास एवं पञ्चायती राज, सहकारिता र चुनाउ सम्बन्धी कार्यहरूको प्रभार सम्हाल्नेछऩ्। खाद्य, नागरिक आपूर्ति एवं उपभोक्ता मामिला, परिवहन, विज्ञान एवं प्रौद्योगिकी, सूचना प्रौद्योगिकी, युवा सेवाहरू एवं खेल र एआरआई एवं प्रशिक्षण विभागको कार्यभार सतीश शर्मालाई सुम्पिएको छ। अन्य विभाग मुख्यमन्त्रीसित रहनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande