कन्टेन्ट क्रिएशनको बजार वर्ष 2035 सम्ममा 480 अरब डलरको हुनेछः सिन्धिया
कन्टेन्ट क्रिएशनको बजार वर्ष 2035 सम्ममा 480 अरब डलरको हुनेछः सिन्धिया


नयाँ दिल्ली, 18 अक्टोबर (हि.स.)। केन्द्रिय सञ्चार मन्त्री ज्योतिरादित्य सिन्धियाले शुक्रवार भने, भारत विश्वको कन्टेन्ट निर्माणको राजधानी बन्ने दिशातर्फ अग्रसर भएको छ जसको बजार आगामी 2035-सम्ममा 30 अरब डलरदेखि बढ़ेर 480 अरब डलरसम्म पुग्ने अनुमान छ।

ज्योतिरादित्य सिन्धियाले आज राष्ट्रिय राजधानी नयाँ दिल्लीसको प्रगति मैदानमा आयोजित ‘इण्डिया मोबाइल कंग्रेस- 2024’ मा ‘’एआई औ डिजिटल प्लेलटफर्म’’- को प्रयोग शीर्षकमाथि भएको एक प्यानल चर्चालाई सम्बोधन गरिरहेका थिए। संचार मन्त्रीले चर्चामा सूचनासम्म पहुँचको लोकतन्त्रीकरण तथा डिजीटल क्रान्तिको नेतृत्व गर्नको लागि 6-जी जस्ता आगामी पिँढ़ीको तकनिकलाई अप्नाउने दिशामा भारतको तत्परतामाथि बल दिए।

उनले भने, एआईले वास्तविक समयमा वैयक्तिकरण एवं दर्शकहरूसित बातचितको सुविधा प्रदान गर्दछ। त्यसैले रचनात्मक अर्थव्यवस्था तीव्र गतिमा बढ़्न थालेको छ। यो बातचित एआईको मानवीय रचनात्मकतालाई प्रतिस्थापित गर्नको सट्टा पूरक गर्ने क्षमतामाथि केन्द्रित थियो। चर्चा अवधि उद्योग विशेषज्ञहरूले भने, एआई-संचालित सामग्रीले शिक्षित गर्न तथा जागरूकता बढ़ाउनमा सहयोग गर्नसक्छ जसले सार्थक जानकारी फैलाउने अभूतपूर्व अवसर प्रदान गर्दछ।

चर्चामा विशेषज्ञहरूले यस कुरामाथि बल दिए, कन्टेन्ट निर्माणमा एआईको राजस्व धाराहरूको विस्तार गर्न, लागत कम गर्न तथा नयाँ बजारमा प्रवेश गर्ने एउटा अवसर हो विशेष गरेर टियर-2 र टियर- शहरहरू जहाँ कन्टेन्ट उपभोग प्याटर्न विकसित भइरहेको छ। एआईले क्षेत्रीय सामग्रीलाई बढ़ाइरहेको छ,भारतमा यूट्यूब (YouTube)- को 95 प्रतिशत खपत अब क्षेत्रीय भाषाहरूमा भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande