केन विलियमसन भारत विरूद्ध दोस्रो टेस्टदेखि बाहिरिए, रिहेबिलिटेशन जारी
केन


नयाँ दिल्ली, 22 अक्टोबर (हि.स.)। न्यूजील्याण्डका पूर्व कप्तान केन विलियमसन, कमरको चोटबाट निको हुनका लागि पुणेमा भारत विरूद्ध दोस्रो टेस्ट म्याचमा खेल्न सक्नेछैनन्, न्यूजील्याण्ड क्रिकेटले मंगलवार एक मीडिया विज्ञप्तीमा यसबारे जानकारी दियो।

विलियमसनलाई बेङ्गलुरूमा शुरूआती टेस्टदेखि बाहिरिनुपऱ्यो किनभने उनी श्रीलंका विरूद्ध टेस्ट सीरीजमा लागेको चोटबाट निको भइरहेका थिए। उनी आफ्नो रिकवरीमाथि काम गर्नका लागि न्यूजील्याण्डमै रहे र पूर्ण रूपमा फिट हुनका लागि यस्तो गर्नु जारी राख्नेछन्।

न्यूजील्याण्डका मुख्य कोच गेरी स्टीडले आशा व्यक्त गर्दै विलियमसन तेस्रो टेस्टको निम्ति उपलब्ध रहने भनेका छऩ्। उनले भने, हामीले केनमाथि नजर राखिरहेका छौं र उनी सही दिशामा अगाड़ी ब़ढ़िरहेका छन् तर अहिलेपनि सय प्रतिशत फिट छैनन्। आशा छ, आउने दिनहरूमा उनको स्वास्थ्यमा अझ् सुधार हुनेछ र उनी तेस्रो टेस्टको निम्ति उपलब्ध हुनेछन्। आफूलाई तयार पार्न हामी उनलाई यथासम्भव समय दिनेछौं।

न्यूजील्याण्डले पहिलो टेस्ट 8 विकेटले जितेर भारतमा टेस्ट जीतको 36 वर्षको पर्खाइ समाप्त गऱ्यो। दोस्रो टेस्ट 24 अक्टोबरदेखि शुरू हुनेछ जबकि तेस्रो र अन्तिम टेस्ट 1 नोभेम्बरदेखि मुम्बईमा खेलिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande