नयॉं दिल्ली, 26 दिसम्बर (हि.स.)। वर्ष 2024 भारतीय टेनिसको निम्ति उतार-चढ़ावले भरिपूर्ण रह्यो, तर केही यस्तो क्षण पनि रह्यो जुन उल्लेखनीय थियो र एक उज्जवल भविष्यको आशालाई जिउॅंदो राखेको छ। विशेष रूपमा रोहन बोपन्नाले अस्ट्रेलियन आपनमा उपाधि जितेर उनलाई पुरुष युगलमा पहिलोपल्ट विश्व नम्बर 1 बन्ने सबैभन्दा धेरै उमेरका खेलाडी बनाएको छ र समित नागलले एटीपी टप 100 मा प्रवेश गरेका छन्।
बोपन्नाले जिते अस्ट्रेलियन ओपन
19 विभिन्न जोडी र 61 प्रयासहरूपछि बोपन्नले अन्तत: पुरुष युगल ग्राण्ड स्ल्याम उपाधि जितेका छन्, जसको प्रतीक्षा उनले त्यस समयदेखि गरिरहेका थिए जब उनले 22 साल अघि चेन्नईमा युगलमा एटीपी टूरको शुरुवात गरेका थिए। बोपन्ना र उनको अस्ट्रेलियन जोडी म्याथ्यू एबडेनले मेलबर्नको रड लेवर एरिनामा इटलीका सिमोन बोलेली र एन्ड्रिया वावस्सोरीलाई 7-6 (0), 7-5 ले हराएर अस्ट्रेलियन ओपनको उपाधि जिते।
यस उपलब्धीले बोपन्नालाई पहिलोपल्ट पुरुष युगलमा विश्व नम्बर 1 खेलाडी बन्ने सबैभन्दा धेरै उमेरका खेलाडी र ओपन युगलमा मेजर उपाधि जित्ने सबैभन्दा धेरै उमेरका व्यक्ति बनाएको छ। उनलाई चौथो सर्वोच्च नागरिक सम्मान पद्म श्री पुरस्कारको निम्ति पनि चयन गरियो।
सुमित नागलले शीर्ष 100 मा स्थान बनाए
चेन्नई ओपन एटीपी च्यालेन्जरको शुरुवातमा 121औं स्थानमा रहेका नागलले एटीपी ऱ्याङ्कीङमा शीर्ष 100 मा ठाउॅं बनाउन हर सम्भव प्रयास गरे। नागल 2019 मा प्रजनेश गुणेश्वरनपछि शीर्ष 100 को बाधालाई पार गर्ने पहिलो भारतीय बने, किनकि उनले फाइनलमा इटलीको लुका नारदीलाई 6-1, 6-4 ले हराएर एटीपी च्यालेन्जर टूरमा आफ्नो पॉंचौं उपाधि जिते। नागलले सबै चार मेजरका साथै पेरिस ओलम्पिकमा पनि मुख्य ड्र खेले।
हिन्दुस्थान समाचार / भवानी थामी