कछार, 30 अक्टोबर (हि.स.)। कछार जिल्लाको उत्तर कृष्णापुरमा चिहानबाट शव निकाल्न पुगेको एक पाखण्डीलाई स्थानीय मानिसहरूले समाए औं त्यससित कुटपीट गरिएपछि पुलिसलाई सुम्पे।
पुलिस सूत्रहरू अनुसार, मंगलवार राति कछार जिल्लाको उत्तर कृष्णापुरमा एक पाखण्डी कछारको कब्रिस्तानबाट शव लिन आएको थियो, जसलाई पक्राउ गरियो। पक्रा परेको तान्त्रिकको पहिचान कछारको शिलडूबी निवासी अजीब उद्दीनको रूपमा गरिएको छ।
एक स्थानीय व्यक्ति फखरूद्दीनको 29 दिन अगाड़ी मृत्यु भएको थियो। फखरूद्दीनको शवलाई स्थानीय कब्रिस्तानमा दफनाइएको थियो। हिजो राति कब्रिस्तान भएर गइऱहेको समय मृत फखरूद्दीनको छोराले दुई व्यक्तिलाई उसका पिताको चिहान खनेर शव निकाल्न खोजिरहेको देख्यो। यो देखेर युवकले हल्ला गर्न थाल्यो जसपछि स्थानीय मानिसहरू त्यहाँ पुगे। यसबीच चिहान खन्ने दुई जनामध्ये एकलाई स्थानीय मानिसहरूले समाते, जबकि दोस्रो भाग्नमा सफल रह्यो।
पक्रा परेको व्यक्तिसित जब स्थानीय मानिसहरूले सोधपुछ गरे तब उसले आफू तन्त्र मन्त्रको निम्ति चिहानबाट शव लिएको आएको बतायो। पक्रा परेको तान्त्रिकको पहिचान सद्दाम हुसैको रूपमा गरिएको छ। यस घटनालाई लिएर रूष्ट भीड़को एक समूहले कथित तान्त्रिकलाई जमेर कुट्यो र पछि उसलाई पुलिसलाई सुम्प्यो। घटनाको क्रममा सिलचरको रंगीरखारी पुलिस चौकीमा मामिला दर्ता गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी