मुख्यमन्त्रीले आदित्य गोले र सतिशचन्द्र राईलाई निर्विरोध निर्वाचित बनेकोमा बधाई दिए
एसकेएमले दियो आफ्ना निर्विरोध उम्मेदवारहरूलाई बधाई एवं शुभकामना


गान्तोक, 30 अक्टोबर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले एसकेएम उम्मेदवारद्वय आदित्य गोले र सतिशचन्द्र राईलाई हालैमा सम्पन्न भएको विधानसभा उपचुनाउमा निर्विरोध निर्वाचित बनेकोमा हार्दिक बधाई दिएका छन्। उल्लेख्य, सोरेङ च्याखुङ समष्टिमा एसकेएम उम्मेदवार आदित्य गोले र नाम्ची सिङ्गीथाङ समष्टिमा सतिशचन्द्र राई निर्विरोध निर्वाचित बनेका छन्।

मुख्यमन्त्री तामाङले एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्नुको महत्वमाथि बल दिॅंदै पार्टीप्रति विश्वास व्यक्त गरेकोमा कृतज्ञता व्यक्त गरेका छन्। उनले भने, 'विधानसभा अब विपक्षरहित बनेको छ, यस कारण सिक्किमका जनताको सेवा गर्ने हाम्रो कर्तव्य अझ बढेको छ।'

मुख्यमन्त्रीले समावेशीताप्रति प्रतिबद्धता र राज्यका प्रत्येक आवाजलाई प्रतिनिधित्व गर्ने महत्त्वमा जोड दिॅंदै सबै चिन्ताहरूलाई सम्बोधन गर्ने र कुनै राजनीतिक विभाजन बिना राज्यको कल्याण र प्रगतिलाई अगाडि बढाउने वाचा गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande