
खरसाङ, 06 जनवरी (हि.स.)। खरसाङ महकुमा अस्पतालका अस्थायी कर्मचारीहरूले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको स्वास्थ्य एवं परिवार कल्याण विभागको एमओडी सभासद श्याम शेर्पासित भेटघाट गरेका छन्। खरसाङ महकुमा अस्पतालमा कार्यरत् अस्थायी कर्मचारीहरुले झेल्दै आइरहेका समस्याहरू सभासद श्याम शेर्पासित भेट गरी गरेको जानकारी गराएका छन्।
सभासद शेर्पाले उनीहरुकाे समस्या गम्भीरतापूर्वक सुनेपछि उक्त विषयहरु जीटीए चिफ् समक्ष राखिदिन साथै केही समयपछि जीटीए चिफसॅंग भेट गराइदिने आश्वासन दिए। यसैगरी, अस्पतालका समस्याहरुबारे रोगी कल्याण समितिमा राखिदिने पनि उनले बताए।
सभासद श्याम शेर्पाले जानकारी गराए अनुसार, खरसाङ अस्पतालका अस्थायी कर्मचारीहरूले अस्पताल सम्बन्धित साथै आफ्ना समस्याहरूकाे जानकारी गराएका छन्। कर्मचारीहरूका समस्या समाधानकाे लागि जीटीए चिफसित भेटघाट गराइदिने साथै विभागमा पहल गरिदिने उनले बताए। शेर्पाले कर्मचारीहरूलाई आफ्नो जिम्मेवारी निष्ठापूर्वक र इमानदारीका साथ पूरा गरिदिन अनुरोध गरेका छन्।
हिन्दुस्थान समाचार / हनोक