सीएपी पाकिम जिल्ला कार्यकारी समितिको समन्वय बैठक सम्पन्न
सीएपी पाकिम जिल्ला कार्यकारी समितिको समन्वय बैठक सम्पन्न


गान्तोक, 07 जनवरी (हि.स.)। सिजिटन एक्सन पार्टी (सीएपी) सिक्किमको पाकिम जिल्ला कार्यकारी समितिको पहिलो समन्वय बैठक आज जिल्ला अध्यक्ष गजेन्द्र राईको अध्यक्षतामा बस्यो। जिल्लामा संगठनात्मक तयारीको समीक्षा गर्ने र पार्टी गतिविधिहरूलाई सुदृढ़ पार्ने उद्देश्यले आयोजित बैठकमा एसीईसी अध्यक्षहरू सेवरिन राई, मोहन छेत्री, डीके गुरुङ, बिमल राई र वेस्ट पाण्डमका कार्यकारी सदस्यहरू उपस्थित थिए।

अध्यक्ष गजेन्द्र राईले नयॉं वर्षको शुभकामना व्यक्त गर्दै पार्टी संगठनलाई सुदृढ़ पार्न पाकिम जिल्ला टोलीले गरेको सक्रिय र समर्पित प्रयासको लागि आफ्नो प्रशंसा व्यक्त गरे। उनले पार्टीका नेता तथा सदस्यहरूले २०२६ सालभरि नै यस्तै समर्पण, अनुशासन र प्रतिबद्धताका साथ काम गरिरहने विश्वास व्यक्त गरे।

उनले आगामी समयमा जिल्लाभित्रका सबै तहमा पार्टीको संगठनात्मक संरचनालाई अझ सुदृढ पार्ने कुरामा प्रमुख ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए। उनले निरन्तर तल्लो तहको संलग्नता, पार्टी कार्यकर्ताहरूबीचको एकता र जनताकेन्द्रित पहलहरू मार्फत आम जनतामा पार्टीको सन्देश पुर्‍याउने महत्त्वमा पनि जोड दिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande