
गान्तोक, 07 जनवरी (हि.स.)। पाकिम पुलिस थाना क्षेत्र अन्तर्गत नाम्चेबुङमा स्थानीय एक व्यक्तिको घरमा चोरी भएको छ। पीडित व्यक्तिको घरबाट अज्ञात व्यक्ति (हरू) ले लाखौं रूपियॉंका सूनका गहनाहरू चोरी गरेका छन्।
पुलिस रिपोर्टमा उल्लेख गरिएअनुसार, 5 जनवरीका दिन पीडित व्यक्तिले घरमा चोरी भएको थाहा पाए र थानामा शिकायत दर्ता गराए। घरबाट लगभग तीन लाख रूपियॉं मूल्य बराबरको सूनका गहनाहरू चोरी गरिएको बताइएको छ।
पुलिसले अज्ञात आरोपी (हरू) विरुद्ध बीएनएस, 2023 को धारा 331(3)/305(ए) अन्तर्गत मामिला दर्ता गरी छानबिन शुरू गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल