
सोरेङ, 07 जनवरी (हि.स.)। भारत सरकारको जल शक्ति अभियान अन्तर्गत मनसुनपछिको समीक्षाका केन्द्रिय नोडल अधिकारी हिमांशु गोवतले आज सोरेङ जिल्लामा आफ्नो दुई दिवसीय आधिकारिक भ्रमण समाप्त गरेका छन्। उनले राज्यमा केन्द्र सरकारका विभिन्न योजनाहरूको प्रभावशाली कार्यान्वयनप्रति सराहना गरेका छन्।
आकांक्षी जिल्ला सोरेङको उल्लेख गर्दै नोडल अधिकारीले जिल्ला प्रशासनको कुशल कार्यसम्पादन र प्रगतिको प्रशंसा गरे। उनले जिल्लाको समग्र विकासको लागि केन्द्र सरकारले समर्थन प्रदान गर्न जारी राख्ने आश्वासन पनि दिए। उनले वन विभागको पहल 'रूफ वाटर हारभेस्टिङ' को विशेष उल्लेख गर्दै यस पहलको सराहना गरेको बताइएको छ।
भ्रमणको क्रममा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले पनि केन्द्रिय नोडल अधिकारीसॅंग अन्तरक्रिया गरेका थिए। नोडल अधिकारीले आफ्नो फिल्ड भिजिटको क्रममा चुम्बुङ जीपीयूको वार्ड नम्बर एकमा रूफ वाटर हारभेस्टिङ र देथाङ जीपीयूको वार्ड नम्बर एकमा अमृत सरोवरको निरीक्षण गरेका थिए।
भ्रमण अवधि सोरेङ जिल्लाका जिल्लापाल धिरज सुबेदी, एडीसी डीआर विष्ट, एडीसी गयास पेगा, वैज्ञानिक बी एवं प्राविधिक अधिकारी अनूप तिवारी तथा अन्यहरू पनि उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल