
खरसाङ, 06 जनवरी (हि.स.)। खरसाङको लङभ्यू कमानका श्रमिकहरुले आज बिहान गेट मिटिङ्ग गरेर आफूले पाउनु पर्ने बकाया हाजिरा अनि अरू रकमबारे प्रबन्धकलाई 15 जनवरीसम्मको अल्टिमेटम दिएका छन्। बारम्बार लङभ्यू कमानका प्रबन्धन पक्ष र मालिक पक्षले गैर कानूनी रूपमा कमान चलाइरहेको हिल प्लान्टेशन इम्प्लोइज युनियनले आरोप लगाएको छ।
युनियन अनुसार, श्रमिकहरुले गरेको कामको दाम नदिएको हुनाले लङभ्यू कमानका श्रमिकहरूले नानीहरूको स्कूल फिस समेत तिर्न सकेका छैनन्। बिरामीहरूका लागि अस्पताल छैन, दबाइको नाममा पेनकिलर समेत छैन। एम्बुलेन्स चडेर अस्पताल गए उल्टा 700 रुपियाँ म्यानेजमेण्टलाई दिनु पर्ने चलन बनाएको युनियनले लगाएको छ।
लङभ्यू कमानको यो स्थितिको लागि मालिक प्रबन्धक अनि मालिक पक्षका व्यक्तिहरू दोषी रहेको आरोप लगाइएको छ। हिल प्लान्टेशन इम्प्लोइज युनियनले सरकार अनि श्रम विभाग समक्ष हस्तक्षेपको माग गर्दै कमानको स्थायी समाधानको लागि माग गरेको छ। युनियनले जनताको भोट पाएर बनिएको सरकारले जनतालाई परेको समस्याको समाधान गरिदिने छ भन्ने आशा व्यक्त गरेको छ।
हिन्दुस्थान समाचार / हनोक