गान्तोक, 30 अक्टोबर (हि.स.)। सिक्किमका तीन महिला खेलाड़ीले भारतलाई वर्ल्ड बडीबिल्डिङ च्याम्पियनशीपमा प्रतिनिधित्व गर्ने भएको छ। सिक्किमकी अनिता छेत्री, रोश्नी शर्मा र भाविका प्रधानले भारतलाई आगामी 5 देखि 11 नोभेम्बरसम्म मालदीवमा हुन लागिरहेको वर्ल्ड बडीबिल्डिङ एण्ड फिजिक स्पोर्ट्स च्याम्पियनशीप 2024 मा प्रतिनिधित्व गर्ने अवसर पाएका छन्।
बडीबिल्डिङ एसोसिएशन अफ् सिक्किमले खेलाड़ीहरूलाई उक्त सुनौलो अवसर प्रदान गरेको बताइएको छ। एसोसिएशनले राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङलाई निरन्तर समर्थनको निम्ति आभार प्रकट गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल