राज्यपालले राष्ट्रिय एकता दिवसको अवसरमा राज्यवासीहरूलाई दिए शुभकामना
राज्यपालले राष्ट्रिय एकता दिवसको अवसरमा राज्यवासीहरूलाई दिए शुभकामना


गान्तोक, 30 अक्टोबर (हि.स.)। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले राष्ट्रिय एकता दिवसको अवसरमा सिक्किमका मानिसहरूलाई शुभकामना दिएका छन्।

राज्यपालले आफ्नो सन्देशमा भने, 'राष्ट्रिय एकता दिवसको महत्त्वपूर्ण अवसरमा सिक्किमवासीहरूलाई हार्दिक शुभकामना प्रेषित गर्दछु। यस अवसरमा म लौह पुरुष सरदार वल्लभ भाई पटेल जीलाई शत शत नमन गर्दै आफ्नो गहिरो श्रद्धाञ्जली अर्पित गर्दछु। सरदार पटेलजी सदैव भारतको एकता र अखण्डतालाई अक्षुण्ण राख्ने समर्पित रहे। उनले 565 रियासतहरूलाई एकीकृत गरेर भारतलाई अखण्ड राष्ट्र बनाउनमा महत्त्वपूर्ण योगदान दिएका छन्। उहॉंको नेतृत्वमा भारतको एकता र समृद्धिको निम्ति अग्रणी कार्य गरिएका छन्।'

राज्यपालले अघि भने, 'हाम्रो विविधतामा एकताको सिद्धान्तले हामीलाई एक राष्ट्रको रूपमा बलियो र समृद्ध बनाएको छ। सिक्किम, हाम्रो यस विविधताको एक अद्वितीय उदाहरण हो, जहॉं विभिन्न संस्कृति, भाषा र परम्पराहरूको संगम देख्न पाइन्छ।' राज्यपालले हाम्रो राज्यको समृद्ध सांस्कृतिक धरोहर र यसको अनौठो पहिचानलाई संरक्षित राख्दै आफ्नो देश र राज्यको विकासमा योगदान दिने र आपसी सौहार्द र भाइचाराको भावनालाई कायम राख्ने संकल्प लिउॅं भनी आह्वान गरेका छन्।

राज्यपालले भने, 'विकसित भारत @2047 को लक्ष्य प्राप्तिको दिशामा हामी सबै एकजुट कार्य गर्नेछौ र हाम्रा पुर्खाहरूले बनाएको एकताका सिद्धान्तहरूलाई अपनाउॅंदै सुनौलो, समर्थ र समृद्ध सिक्किमको निर्माण गर्नेछौ।'

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande