नयॉं दिल्ली, 30 अक्टोबर (हि.स.)। नेशनल इन्टरनेट एक्सचेन्ज अफ् इण्डिया (एनआईएक्सआई) ले आज वर्ल्ड ट्रेड सेन्टर, नौरोजी नगर, नयॉं दिल्लीमा आफ्नो नयॉं कार्यालयको भव्य उद्घाटन गऱ्यो। कार्यक्रममा इलेक्ट्रोनिक्स र सूचना प्रौद्योगिकी मन्त्रालय (एमईआईटीवाई) मा सचिव र एनआईएक्सआई अध्यक्ष एस कृष्णन र एमईआईटीवाईमा अतिरिक्त सचिव भुवनेश कुमार उपस्थित थिए।
उद्घाटनको अवसरमा एस कृष्णनले हामी इन्टरनेटको विस्तार मात्र होइन तर हरेक समय उपलब्ध होस् भन्ने सुनिश्चित गर्न चाहन्छौ भने। उनले यसको निम्ति निरन्तर प्रयासको आवश्यकतामाथि बल दिए। यस अवधि उनले सुरक्षित र समावेशी इन्टरनेटको निम्ति एनआईएक्सआईको नवीनतम डिजिटल पहलको अनावरण गरे।
हिन्दुस्थान समाचार / बिशाल