आईपीएल 2025: क्लासेन टुर्नामेन्टकाे इतिहासमा सबैभन्दा महॅंगाे रिटेन खेलड़ी बने
हेनरिक क्लासेन


नयाॅं दिल्ली, 01 नाेभेम्बर (हि.स.)। हेनरिक क्लासेनले लिलामी अघि आईपीएल टोलीद्वारा रिटेन गरिएका सबैभन्दा महँगो खेलाडीको रूपमा नयाँ मानक स्थापित गरेका छन्।

बिहिवार सनराइजर्स हैदराबादले रेकर्ड ताेड 23 कराेड रूपियाॅंमा क्लासेनलाई रिटेन गरेकाे पुष्टि गरेकाे छ, जुन यस अघि राेयल च्यालेञ्जर्स बेङलुरूले 2017 मा विराट काेहलीलाई रिटेन गर्नका लागि 17 कराेड रूपियाॅं खर्च गरेकाे थियाे।

क्लासेनले 2024 काे सीजनमा हैदराबादलाई फाइनलसम्म पुग्नमा महत्त्वपूर्ण भूमिका निभाएकाे थियाे। उनले 171.07 काे उत्कृष्ट स्ट्राइककाे रेटले 479 रन बनाए। 33 वर्षीय दक्षिण अफ़्रीकी खेलाडी वैश्विक स्तरमा टी20 लीगमा उत्कृष्ट फर्ममा छन्, जसकारण फ्रेन्चाइजी क्रिकटमा उनकाे स्थिति बलिथाे बनेकाे छ।

काेहलीकाे आगामी आईपीएल सीजनअघि आरसीबीले 21 कराेडकाे रिटेन्शन दिएकाे छ, जुन निर्धारित स्ल्याबभन्दा तीन कराेड धेरै हाे। लखनउ सुपर जायन्ट्सका निकाेलस पूरनलाई पनि 21 कराेड रूपियाॅंकाे रिटेन्शन फीस दिइएकाे छ।

---------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande