राष्ट्रपति मुर्मूले गुरुनानक देवजीको प्रकाश पर्वमा शुभकामना दिइन्
president


नयॉं दिल्ली, 15 नोभेम्बर (हि.स.)। आज देशभरि गुरुनानक देवजीको प्रकाश पर्व हर्षोल्लासका साथ मनाइॅंदैछ। प्रकाश पर्वको पूर्व सन्ध्यामा राष्ट्रपति द्रौपदी मुर्मूले देशवासीहरूलाई शुभकामना दिएकी छन्।

राष्ट्रपति मुर्मूले शुभकामना सन्देशमा भनेकी छन्, 'गुरुनानक देवजीको प्रकाश पर्वको अवसरमा देश र विदेशमा बसोबासो गर्ने सबै भारतीय, विशेषरूपमा सिख समुदायलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु। गुरुनानक देवजीको जपजी साहिबले प्रेम, आस्था, सत्य र त्यागलाई जोड दिन्छ। उहॉंका शिक्षाहरूले हामीलाई नैतिक आचरणको बाटोमा डोऱ्याउॅंछ। उहॉंले सामुदायिक भान्साको प्रथा शुरुवात गरे, जसलाई लङ्गरको नामले जानिन्छ र भाईचाराको सन्देश दिए।'

राष्ट्रपतिले भनिन्, 'आउनुहोस्, हामी सबै आफ्नो दैनिक जीवनमा गुरुनानक देवजीका शिक्षाहरूलाई आत्मसात गरौं र समाजमा एकता र समानताको भावनालाई प्रोत्साहित गरौं।'

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande