मताधिकारको प्रयोग हाम्रो राष्ट्रिय कर्तव्य- सरसंघचालक
भागवत


नागपुर, 20 नोभेम्बर (हि.स.)। राष्ट्रिय स्वयंसेवक संघका सरसंघचालक डा. मोहन भागवतले प्रजातन्त्रमा मताधिकारको प्रय़ोग हाम्रो राष्ट्रिय कर्तव्य हो, लोकतन्त्रलाई बलियो बनाउन सबैले आफ्नो मताधिकारको प्रयोग गर्नु जरूरी छ भनेका छन्। नागपुरमा मतदान गरेपछि उनले सबै मतदाताहरूसित मतदान गर्ने अपील गरे।

महाराष्ट्र विधानसभाको 288 सीटको निम्ति बुधवार मतदान भइऱहेको छ। सरसंघचालक डा. मोहन भागवतले बिहान मध्य-नागपुर विधानसभा क्षेत्रमा मतदान गरे। यस सीटमा भाजपाका प्रवीण दटके र कांग्रेसका बन्टी शेलकेबीच सीधा भिड़न्त छ।

सरसंघचालक उत्तरांचको दौड़ाहमा थिए। चुनाउको कारण आफ्नो निर्धारित कार्य़क्रमभऩ्दा एक दिन अगाड़ी मंगलवार राति सरसंघचालक नागपुर पुगे। आज बिहान स्थानीय भाऊजी दप्तरी पाठशाला मतदान केन्द्रमा उनले भोट हाले। सरसंघचालकको साथ पूर्व सरकार्यवाह तथा राष्ट्रिय स्वयंसेवक संघका राष्ट्रिय कार्यकारिणीको सदस्य सुरेश उपाख्य भैय्याजी जोशी, अखिल भारतीय प्रचार प्रमुख सुनील आम्बेकर, अखिल भारतीय सम्पर्क प्रमुख सुनील देशपाण्डे तथा संघका अन्य प्रमुख पदाधिकारीहरूले पनि मतदान गरे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande