राजस्थानमा फिल्म ‘द साबरमती रिपोर्ट’ ट्याक्स फ्री
राजस्थानमा फिल्म ‘द साबरमती रिपोर्ट’ ट्याक्स फ्री


जयपुर, 20 नोभेम्बर (हि.स.)। मुख्यमन्त्री भजनलाल शर्माले फिल्म ‘द साबरमती रिपोर्ट’ लाई प्रदेशमा ट्याक्स फ्री गर्ने घोषणा गरेका छन्। बुधवार उनले आफ्नो सोशल मीडिया ह्याण्डलमा पोस्ट गरी यसबारे जानकारी गराए। मुख्यमन्त्री शर्माले लेखेका छन्, यो फिल्म इतिहासको त्यस भयावह काल-खण्डलाई यथार्थ रूपमा दर्शाउँछ, जसलाई केही स्वार्थी तत्वहरूले आफ्नो स्वार्थहरूको पूर्तिको निम्ति विकृत गर्ने यथाशक्ति प्रयास गरे। हाम्रो सरकारले ‘द साबरमती रिपोर्ट’ फिल्मलाई राजस्थानमा कर-मुक्त (ट्याक्स फ्री) गर्ने सार्थक निर्णय गरेको छ।

उनले थप लेखेका छन्, यो फिल्म न केवल तत्कालीन व्यवस्थाको वास्तविकतालाई प्रभावशाली रूपले उजागर गर्दछ तर त्यस समय प्रचारित गरिएका भ्रामक एवं मिथ्या नरेटिभको पनि खण्डन गर्दछ। यस दुर्भाग्यपूर्ण एवं हृदयविदारक घटनालाई फिल्ममा अत्यन्त संवेदनशीलताको साथ प्रस्तुत गरिएको छ। यो फिल्म यसैलेपनि अवश्य हेर्नुपर्छ किनभने अतीतको गहन एवं विवेचनात्मक अध्ययनले नै हामीलाई वर्तमानलाई बुझ्ने र भविष्यको निम्ति मार्गदर्शन प्रदान गर्नसक्छ।

उल्लेख्य, फिल्म ‘द साबरमती रिपोर्ट’ गुजरातको एक सत्य घटना (गोधरा काण्ड) माथि आधारित छ। यस फिल्ममा मानिस सामू सत्यलाई ल्याउने प्रय़ास गरिएको भनिएको छ। यो घटना 27 फरवरी 2002 बिहान गोधऱा रेलवे स्टेशन नजिक साबरमती एक्सप्रेसमा घटेको थियो। यस फिल्मको माध्यमले न केवल इतिहास तर त्यस समयको सामाजिक र राजनीतिक सन्दर्भलाई पनि देखाइएको छ। यस फिल्ममा विक्रान्त मेसी, राशि खन्ना र रिद्धि डोगरा लीड रोलमा छन्। फिल्मको निर्देशन धीरज सरनाले गरेका छन्। शोभा कपूर, एकता कपूर, अमूल वी मोहन र अंशुल मोहनले प्रोड्यूस गरेका छऩ्। यो फिल्म 15 नोभेम्बर 2024 मा सिनेमाघरहरूमा रिलीज भइसकेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande