नयाँ दिल्ली, 16 नोभेम्बर (हि.स.)। केन्द्रिय गृह मन्त्रालयले सबै सुरक्षाबलहरूलाई मणिपुरमा व्यवस्था र शान्ति बहाल गर्नको निम्ति आवश्यक कदम उठाउने निर्देश दिएको छ। गृह मन्त्रालयले एक बयानमा भनेको छ, गत केही दिनदेखि मणिपुरमा सुरक्षा परिदृश्य गम्भीर बनेको छ। संघर्षमा दुवै समुदायका सशस्त्र उपद्रवी हिंसामा लिप्त रहेका छन्, जसबाट दुर्भाग्यले मानिसहरूको ज्यान गयो र सार्वजनिक व्यवस्थामा बाधा उत्पन्न भयो।
बयानमा भनिएको छ, सबै सुरक्षाबलहरूलाई व्यवस्था र शान्ति बहाल गर्नको निम्ति आवश्यक कदम उठाउने निर्देश दिइएको छ। हिंसक र विघटनकारी गतिविधिहरूमा सामेल हुने प्रय़ास गर्ने कुनैपनि व्यक्ति विरूद्ध सख्त कारबाही शुरू गरिनेछ। प्रभावी जाँचको निम्ति महत्वपूर्ण मामिला एनआईएलाई सुम्पिएको छ। जनतासित शान्ति बनाई राख्ने, अफवाहहरूमाथि विश्वास नगर्ने र राज्यमा कानून व्यवस्था बनाई राख्नको निम्ति सुरक्षाबलहरूको साथ सहयोग गर्ने अऩुरोध छ।
हिन्दुस्थान समाचार / भवानी थामी