नेतन्याहूको आवासमा फेरि दुई फ्ल्याश बमले हमला, इजराइलले परिणाम भोग्ने दियो चेताउनी
नेतन्याहूको आवासमा फेरि दुई फ्ल्याश बमले हमला, इजराइलले परिणाम भोग्ने दियो चेताउनी


तेल अवीव, 17 नोभेम्बर (हि.स.)। इजराइलका प्रधामनन्त्री बेन्जामिन नेतन्याहूको उत्तरी इजराइली शहर कैसरिया स्थित निवासको तर्फबाट दुई फ्ल्याश बम छोड़ियो, जुन बंगैचामा झऱ्यो। घटनामा कुनै प्रकारको नोकसान भएको छैन।

शनिवार साझँ सुरक्षा निकायहरूको तर्फबाट दिइएको संयुक्त बयानमा भनिएको छ, घटनाको समय नेतन्याहू र उनको परिवारको सदस्य घरमा थिएनन्। घटनाको जिम्मेवारी अहिले कसैले लिएको छैन। इजराइलले यस हमालाई उकसाउने अत्यन्तै गम्भीर कारबाही ठहर गर्दै आक्रमणकारीहरूलाई अन्जाम भोग्ने चेताउनी दिएको छ।

दी टाइम्स अफ इजराइल अनुसार, राष्ट्रपति इसहाक हर्जोगले घटनाको कड़ा निन्दै गर्दै भनेका छन्, घटनाको जाँच जारी छ। इजराइली रक्षा मन्त्री इजराइल काट्जले बिहानै एक्स पोस्ट साझा गरी भनेका छन्, सुरक्षा र न्यायिक एजेन्सीहरूसित आवश्यक कदम उठाउनु भनिएको छ। सुरक्षा मन्त्री इतामार बेन-गविरले पनि एक्स पोस्टमा लेखेका छन्, प्रधानमन्त्री बेन्जामिन नेतन्याहू विरूद्ध उकसाउने कारबाहीले सबै सीमाहरूलाई नाघेको छ। आज राति उनको घरमा फ्ल्याश बमले हमला गरिनु अझ् एउटा रातो रेखालाई नाघ्नु जस्तो हो।

उल्लेख्य, यस अगाड़ी अक्टोबरमा कैसरियामा प्रधानमन्त्री नेतन्याहूको घरतिर ड्रोन लाञ्च गरिएको थियो, जसबाट कुनै नोकसान भएन। यस हमलालाई लिएर इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले भनेका थिए, ईऱानको प्रक्सी हिज्बुल्लाहले कैसरिया शहरमा उनको घरतिर ड्रोनले हमला गरी उनी र उनकी पत्नीको हत्या गर्ने प्रयास गरेको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande