पाकिस्तान- आतङ्कीहरूसित भिड़न्तमा 11 जवानको मृत्यु
पाक


पेशावर, 20 नोभेम्बर (हि.स.)। पाकिस्तानको खैबर पख्तूनख्वा प्रान्तको अशान्त बन्नू जिल्लामा गत 24 घण्टामा आतङ्कीहरूसित भिड़न्तमा सुरक्षाबलहरूका कम्तीमा 11 जवानको ज्यान गयो। डन समाचार पत्रमा सूत्रहरूबाट तर्फबाट छापिएको खबर अनुसार, मंगलवार बन्नूको जानीखेल क्षेत्रमा माली खेल चौकी नजिक एक आत्मघाती हमलामा लगभग 11 जवानको मृत्यु भयो जबकि दुई जवानको स्थिति गम्भीर बताइएको छ।

घटनास्थलमा अतिरिक्त सुरक्षा बलहरू पुगेपछि घाइते र सैनिकहरूको शवलाई निकालियो। गत महिनाको अन्तमा यही जिल्लाको बक्का खेल क्षेत्रमा भएको गोलीबारीमा सेनाको मेजर समेत तीन सुरक्षाकर्मीको मृत्यु भएको थियो। खैबर पख्तूनख्वा प्रान्तको तिराह घाटीमा सप्ताहान्त आतङ्कीहरूको साथ भीषण गोलीबारीमा कम्तीमा आठ सुरक्षाकर्मीको मृत्यु भएको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande