गाजा, 02 नाेभेम्बर (हि.स.)। इजराइली सुरक्षा बल (आईडीएफ) काे हमलामा आतङ्कवादी समूह हमासकाे सबैभन्दा बलियाे नेता इज अल दीन कसाब मारिएका छन्। आईडीएफलाई याे सफलता खान यूनिसमा प्राप्त भयाे।
आईडीएफले आफ्नाे आधिकारिक एक्स ह्यान्डलमा शुक्रवार इज अल दीन कसाबकाे फाेटाेसहित हमलाकाे संक्षिप्त विवरण जारी गरेकाे छ। आईडीएफ अनुसार, यस हमलामा कसाब मारिएकाे छ। उनी हमासकाे राजनीतिक ब्यूराेका सदस्य थिए। संगठनभित्र राष्ट्रिय सम्बन्धका लागि जिम्मेवार थिए। कसाब गाजामा हमास र अन्य आतङ्कवादी संगठनहरूबीच समन्वय गर्थे।
यस अतिरिक्त, कसाब गाजामा अन्य गुटहरूसॅंग संगठनकाे राजनीतिक र सामरिक सम्बन्धहरूकाे निम्ति जिम्मेवार थिए। उनीमाथि इजराइल विरूद्ध आतङ्कवादी हमलाकाे निम्ति निर्देश दिने जिम्मेवारी थियाे।
हिन्दुस्थान समाचार / बिशाल