तेल अवीव, 31 दिसम्बर (हि.स.)। गाजा पट्टीमा सैन्य अभियान चलाइरहेको इजराइल विरूद्ध हमास र हिज्बुल्लाह जस्ता आतङ्की संगठनहरूपछि ईरान समर्थित हूती पनि सामेल भएको छ। सोमवार यमनबाट इजराइलमा लामो दूरीको बेलेस्टिक मिसाइल दागियो, जसको अवशेष मध्य इजराइलमा झऱ्यो। यस मिसाइललाई इजराइलको हवाई क्षेत्रमा पुग्न अगावै रोकियो।
दि टाइम्स अफ इजराइलले इजराइल डिफेन्स फोर्सेज (आईडीएफ) को तर्फबाट जानकारी गराएको छ, सोमवार अबेर राति यमनदेखि इजराइलमाथि बेलेस्टिक मिसाइल दागियो, जसलाई इजराइल हवाई क्षेत्रमा पस्न अगावै रोकियो। राति 11 बजीपछि प्रोटोकल अन्तर्गत देशमा आपातकालीन साइरन बजाइयो। मिसाइलको अवशेष झर्दा कुनै प्रकारको नोकसान भएको छैन। सेनाले दाबी गरेको छ, दुई हप्ताभन्दा पनि कम समयमा यो सातौं रात्रिकालीन हमला हो।
गाजामा इजराइलको सैन्य कारबाही विरूद्ध हूतीले इजराइलमा हमलाको कुरा गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी