दक्षिण कोरियामा पुलिसको जेजू एयरको कार्यालयमा छापामारी
दक्षिण कोरियामा पुलिसको जेजू एयरको कार्यालयमा छापामारी


सियोल, 02 जनवरी (हि.स.)। दक्षिण कोरियाको विमानन कम्पनी जेजू एयरलाई हालको दुर्घटनाको निम्ति ठूलो मूल्य चुकाउनु पर्नसक्छ। अधिकारीहरूको भऩाई छ, यो पेशावर लापरवाही हो। यसैले बिहिवार जेजू एयरका सबै कार्यालयहरू र अन्य केही स्थानहरूमा छापा मारेर तलाशी लिइयो। मुआन अन्तरराष्ट्रिय हवाई अड्डामा स्थित कम्पनीको कार्यालयको रेकर्डको जाँच गरियो। सेनाले यस दुर्घटनाको छुट्टै जाँच शुरू गरेको छ।

द कोरिया टाइम्स समाचार पत्रको खबरमा यो जानकारी दिइयो। वरिष्ठ अधिकारीहरूले भने, जियोनाम प्रान्तिय पुलिसले दक्षिण पश्चिम दक्षिण कोरियामा हवाई अड्डा, जेजू एयरको सियोल कार्यालय र बुसान क्षेत्रीय विमानन कार्यालयको मुआन कार्यालयमा तलाशी र जफत गरिने अभियान शुरू गरेको छ। यो अभियान पेशावर लापरवाहीको मध्यनजर शुरू गरिएको छ।

उल्लेख्य, मुआन अन्तरराष्ट्रिय हवाई अड्डामा आइतवार भएको विमान दुर्घटनामा 179 जनाको ज्यान गइसकेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande