गान्तोक, 20 नोभेम्बर (हि.स.)। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले आज राजधानीको प्रसिद्ध एमजी मार्गको भ्रमण गरे। यस क्रममा राज्यपालले स्थानीय मानिसहरू र व्यापारी समुदायसॅंग कुराकानी पनि गरे। यस भ्रमणको उद्देश्य स्थानीय मानिसहरूसॅंग भेट गर्नु र उनीहरूको दिनचर्याको बारेमा अवगत हुनु रहेको राजभवनले विज्ञप्तिमा जनाएको छ।
राज्यपालले एमजी मार्गमा विभिन्न दोकानहरूको भ्रमण गर्दै व्यापारीहरूसॅंग कुराकानी गरे। उनले एमजी मार्गस्थित तिमी चियाको स्टलमा बसेर गान्तोक निर्वाचन क्षेत्रका विधायक दिले नामग्याल बर्फुङ्गपा र अन्य मानिसहरूसॅंग चियाको स्वाद लिए।
हिन्दुस्थान समाचार / बिशाल