कोलकाता, 21 नोभेम्बर (हि.स.)। पश्चिम बंगालका पूर्व मन्त्री औं तृणमूल कंग्रेसका विधायक ज्यो1तिप्रिय मल्लिक (बालू) वर्तमानमा जेलमा थुनिएका छन्। तथापि उनी अहिले पनि आवश्यक खाद्य निगम (एसेन्शियल कमोडिटी सप्लाई कर्पोरेशन)- को अध्यक्ष पदमा आसिन छन्। यो तथ्य प्रकाशमा आएपछि खाद्य विभागभित्र विरोध अनि असमञ्जस्यताको स्थिति उत्पन्न भएको छ।
पछिल्लो वर्ष 27 अक्टोबरमा राशन घोटाला मामिलामा ईडीले ज्योतिप्रिय मल्लिकलाई उनको सल्ट लेकस्थित घरबाट पक्राउ गरेको थियो। पक्रा परेपछि पनि मुख्यमन्त्रीले उनलाई मन्त्रीमण्डलमा कायम राखेका थिए। तथापि फरवरी, 2024- मा मल्लिक परिवारको अनुरोधमा उनलाई मन्त्रीमण्डलबाट हटाइयो। तर उनी खाद्य विभाग अधिनस्थ आवश्यक खाद्य निगमका अध्यक्ष पदमा अहिलेसम्म कसरी कायम छन् त्यसलाई लिएर प्रश्न उठिरहेको छ।
आवश्यक खाद्य निगम राज्यमा खाद्यान्न संग्रह, भण्डारण, वितरण औ आपूर्ति जस्ता कार्यहरूको लागि जिम्मेवार छ। निगमको वेबसाइटमा अहिले पनि ज्योतिप्रिय मल्लिकको नाम अध्यक्षको रूपमा दर्ता छ। विभागका केही अधिकारीहरूर यस कुरामाथि सार्वजनिक रूपमा टिप्पणी गर्नदेखि बचिरहेका छन्। उनीहरूको मान्यता छ, अध्यक्ष पदमा मल्लिकलाई कायम राख्ने मुख्यमन्त्री ममता ब्यनर्जीको निर्णय थियो र यसमाथि प्रश्न उठाउनु उनको फसेलाको विरोधमा हुनेछ।
वर्ष 2011- मा ममता ब्यनर्जी मुख्यमन्त्री बनेपछि ज्योतिप्रिय मल्लिकलाई खाद्यमन्त्री बनाइएको थियो। त्यसबेला उनले निगमको अध्यक्षको रूपमा पनि आफ्नो जिम्मेवारी सम्हालेका थिए। तथापि वर्ष 201-मा उनलाई खाद्य विभागबाट हटाएर वन विभागीय मन्त्री बनाइएको थियो। त्यसपछि नोभेम्बर, 2021- मा मुख्यमन्त्रीले उनलाई आवश्यक खाद्य निगमको अध्यक्षको रूपमा नियुक्त गरिन्।
विपक्षी दलहरूले यसमाथि प्रश्न उठाएका थिए। विपक्षका नेता शुभेन्दु अधिकारीले मल्लिकलाई अध्यक्ष पदमा कायम राख्ने निर्णयको आलोचना गरेका थिए। अर्कोतिर तृणमूल कंग्रेसका केही नेताहरूले तर्क दिए, मल्लिकलाई खाद्य विभागमा लामो अनुभवशीलताको कारणले उनलाई यस पदमा कायम राखिएको थियो।
मामिलामा अहिलेघरि संवेदनशीलता कायम छ। विभागीय अधिकारीहरूसँगसँगै सरकारको पनि आलोचना भइरहेको छ कि आखिर किन जेलमा बन्द रहेको व्यक्तिलाई यस्तो महत्वपूर्ण पदमा राखियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा