खरसाङमा अवैध दोकानहरु हटाउने कार्यसॅंगै ट्रेड लाइसेन्स नभएका दोकानहरु सिल गरियो 
खरसाङमा अवैध दोकानहरु हटाउने कार्यसॅंगै ट्रेड लाइसेन्स नभएका दोकानहरु सिल गरियो


खरसाङ, 21 नोभेम्बर (हि.स.)। खरसाङ नगरपालिकाले खरसाङ बजारमा अवैध तरिकाले फुटपाथतिर राखिएका दोकानहरु हटाउने कार्यसॅंगै आजदेखि पञ्जीकृत दोकानहरुको ट्रेड लाइसेन्स पनि चेक गर्न थालेको छ।‌ खरसाङ नगरपालिकाका उपाध्यक्ष सुवास प्रधानको अगुवाईमा नगरपालिकाका सेन्ट्री इन्स्पेक्टर रमेश सुब्बा, एसआई सञ्जय मुखिया, विशाल मुखिया,सोनाम लामा आदिको टिमले आज बजारमा जनसाधारण हिँड्ने बाटोतिर अवैध तरिकाले थापिएका दोकानहरु हटाउने कार्य गऱ्यो।

यसका साथै बजारमा पञ्जीकृत दोकानहरुको ट्रेड लाइसेन्स पनि चेक गर्ने कार्य गरियो। यसावधि ट्रेड लाइसेन्स नभएका दोकानहरु नगरपालिकाद्वारा सिल गरिएको छ भने ट्रेड लाइसेन्स रिन्यु नगरेका दोकानेहरूलाई झट्टै रिन्यु गर्न आदेश जारी गरिएको छ।‌ यसका साथै बजारमा रहेका दोकानहरुमा मियाद सकिएका सर सामानहरु जफ्त गरिएको छ।‌ यो कार्य अब निरन्तर जारी रहने बताइएको छ।

यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ नगरपालिकाका उपाध्यक्ष सुवास प्रधानले खरसाङ नगरपालिकाद्वारा आज पनि अवैध दोकानहरु हटाउने कार्य गरिएको बताए। उनले आज नगरपालिकाद्वारा पञ्जीकृत दोकानहरुको ट्रेड लाइसेन्स पनि चेक गरेको र ट्रेड लाइसेन्स नभएका दोकानहरु सिल गरिएको बताए। उनले आजको जॉंच अवधि धेरै दोकानहरूले ट्रेड लाइसेन्स रिन्यु नगरेको पाइएको बताउॅंदै दोकानेहरुले झट्टै ट्रेड लाइसेन्स रिन्यु गर्नुपर्ने बताए।

उपाध्यक्ष प्रधानले नगरपालिकाले आज बजारका दोकानहरुमा राखिएका सर सामानहरुको बिक्री मियादको पनि चेक गरेको र मियाद सकिएका सर सामानहरु जफत गरिएको जानकारी गराए। उनले अब लगातार रुपमा जॉंच चल्नेछ भनी जानकारी गराएका छन्। उनले जुन दोकानले आफ्नो ट्रेड लाइसेन्स रिन्यु गरेको छैन झट्टै नगरपालिका आएर रिन्यु गर्नुपर्ने बताए। उनले जनसाधारण हिँड्ने फुटपाथतिर राखिएका दोकानहरु हटाउने कार्य लगातार रुपमा गरिने बताएका छन्।‌ उनले आदेश पालन नगर्ने दोकानेहरू विरुद्ध नियम मुताबिक कानुनी कार्वाही गरिने छ भने।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande